ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसम्मतले अस्वीकृत भएको छ । युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औँ सेसन अन्तर्गत भारतको नयाँदिल्लीमा विश्व सम्पदा समितिमा बिहीबार भएको मस्यौदाउपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव डा. गणेशप्रसाद पाण्डेय, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सहभागी बैठकमा र विभिन्न देशका प्रतिनिधिले बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै अलौकिक महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् ।

लुम्बिनी विकास कोषका अनुसार बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदाउपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा अन्तिममा सबैको समर्थन भएको हो । युनेस्कोले लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वाधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै २००२ देखि चेतावनी दिँदै आएको थियो ।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न युनेस्को तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईलगायतको कूटनीतिक पहललाई महत्वपूणरुप्मा लिइएको छ । मन्त्रालयका सचिव पाण्डेय, कोषका उपाध्यक्ष डा. लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कोषका सदस्यसचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई र वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेती सहभागी भएका छन् ।

Health Tips Ad Road Block