ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बहालवाला मुख्यसचिव अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनपछि निमित्तमा गडतौला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका छन् । डा. अर्याल निलम्बनमा परेपछि सचिव लीलादेवी गतडौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप गतडौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।

आइतबार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । सार्वजनिक संस्थाको सम्पत्ति हानि, नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा अख्तियारले तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रहेर अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजस्व कार्यालय लाजिम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रा.लिका निर्देशक केशव शर्मा र त्यही कम्पनीलाई विपक्षी बनाएर १२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । जसमा ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो कायम गरिएको छ ।

Health Tips Ad Road Block