ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मिस ग्राण्ड नेपाल–२०२४ को घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उम‌ङ्ग क्रिएशन प्राइभेट लिमिटेडद्धारा आयोजना हुने मिस ग्राण्ड नेपाल’२०२४ को औपचारिक घोषणा भएको छ । सन् २०२० देखि हरेक वर्ष हुँदै आएको प्रतियोगिता आइतबार एक पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो । बेभ, बोल्ड, ब्यूटिफूलको नारासहित मिस ग्राण्ड नेपाल–२०२४ को घोषणा गरिएको छ ।

यस वर्षको मिस ग्राण्ड नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी २७ अगष्ट २०२४ (भदौ ११ गते मंगलबार) का दिन आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसअघि ७ अगष्टका दिन अर्थात् साउन २३ गते पत्रकार सम्मेलन कार्यक्रममार्फत मिस ग्राण्ड नेपाल (२०३४ को क्राउन अनभिलिङ कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।

नेपालका कला संस्कृतिको प्रवद्र्धनमा प्रतिनिधित्व, नेपाली पर्यटनको प्रवद्र्धन यसमार्फत हुने अपेक्षा गरिएको छ । यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

यसपटक भने उमङ्ग क्रिएसनले आफ्नो प्रतियोगिताको विजेतालाई मिस ग्राण्ड इन्टरनेसनल २०२४ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाउने जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् । आवेदकहरुको उचाइ कम्तिमा पाँच फिट तीन इन्च हुनु पर्ने कम्पनीले जनाएको छ । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि यही असार ३१ गते भित्र आवेदन फाराम भरिसक्नु पर्ने र यो अवधिमा फाराम भर्ने प्रत्येक सहभागीले आयोजक संस्थाले निर्धारण गरेका सम्पूर्ण नियम तथा शर्तहरु अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।

उमङ्ग क्रिएसनले मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो। यो प्रतियोगिताका विजेताले मिस याण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन्। उमंग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीको नेतृत्वमा आयोजना हुन लागेको यो प्रतियोगिताका लागि आजैका दिनदेखि आवेदन फाराम खुला भएको छ । यो प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालको मोडलिङ क्षेत्रमा लामो इतिहास बनाएका तथा नेपाली फिल्म क्षेत्रका वरिष्ठ व्यक्तित्व प्रशान्त तामाकार मिस ग्राण्ड नेपाल–२०२४ को आधिकारिक कोरियोग्राफरको रुपमा रहेका छन् ।

Health Tips Ad Road Block