skip this News Page Tips Ad Road Block

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड एट पिक्स् सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्डद्वारा ग्राहकहरुको मन जित्न सफल प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी रहेको छ ।

समुद्र सतहबाट आठ हजार मिटर अग्ला हिमालहरू संसारमा चौधवटा मात्रै छन् र त्यसमध्ये आठ नेपाली भूमिमा पर्छन् । यही ८ हिमालका शिखरहरूमा हजारौँ वर्षको इतिहास बोकेर बसेका कोमल हिउँ जब पग्लिन्छ, बग्छ, र पुनः हिमतालमा जम्छ अनि वर्षौंसम्म हिमाली चट्टानभित्र छानिएर जलधाराको रुपमा झर्ना बनेर बग्छ, तब प्रकृति स्वयंले तयार गरिदिएको सबैभन्दा शुद्ध र कञ्चन उपहारबाट बन्छ ८ पीक्स ।हिमनदीबाट अविरल बगिरहेका जलधाराको कञ्चन पानीबाट बनेको ८ पीक्सलाई परम्परागत तामाको स्टिलबाट हुने फ्र्याक्सनल डिस्टिलेसनलाई आणविक स्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेशनसँग संयोजन गरी तयार गरिएको छ । 8 Peaks ले कडा कन्जेनरहरू र अशुद्धताहरू सक्रिय रूपमा हटाउँछ । यसको परिणामस्वरूप वैज्ञानिक रूपमा परिष्कृत, रासायनिक रूपमा शुद्ध spirit तयार हुन्छ, जसले असाधारण स्तरको मृदुता र स्पष्टता प्रदान गर्छ र ग्राहकहरुलाई प्रकृतिको शुद्ध स्वाद पस्कन्छ । यो स्वदेशी उत्पादनका हरेक थोपामा राष्ट्रको कथा बोकेको कम्पनीको भनाइ छ । राष्ट्रिय गौरवको सम्मानमा समर्पित यो उत्पादनले स्वच्छ तरललाई हिमाली तालजस्तो पारदर्शी सिसाको बोतलमा आकाशजस्तै निलो लेबल सहित प्रस्तुत गरेको छ ।

देशको प्राकृतिक गौरवलाई सम्मान गर्दै आधुनिक उपभोक्तालाई लक्षित गरी तयार गरिएको ८ पीक्सले प्राकृतिक इतिहाससँगै आधुनिक र स्टाइलिश पहिचान पनि झल्काउँछ ।

देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ८ पीक्सले ९९ प्रतिशत सहभागीहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ, जसले यसको बजारी सम्भावनाप्रति प्रिमियर डिस्टिलरी लिमिटेडको आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।

८ पीक्स आगामी १५–२० दिनभित्र नेपालभरका प्रमुख शहरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरुमा बजारमा उपलब्ध हुने कम्पनीको भनाइ  छ ।

Health Tips Ad Road Block