काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ रहेको थियो ।
आइतार चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ५०१० रुपैयाँमा आइपुगेको छ ।




















