skip this News Page Tips Ad Road Block

असार १ देखि पोखरामा ढुंगा ,गीटी, बालुवा उत्खननमा रोक

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पोखरमा असार एक गतदेखि नदि तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ । ढुंगा ,गीटी, बालुवा उत्खनन्, बिक्रि तथा ब्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ बमोजिम गठन भएको जिल्ला नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको पछिल्लो बैठकले मापदण्ड बमोजिम असार, साउन र भदौ तिन महिना कास्कीमा उत्खनन गर्ने नपाइने निर्णय गरेको हो ।

समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मुल्याङ्कन प्रचलित कानुन बमोजिम मात्र गर्ने, अवैध उत्खनन, अवैध संकलन तथा अनाधिकृत ओसारपसार पूर्ण रुपमा नियन्त्रण गर्न गस्ती परिचालन गरी प्रहरीबाट नियन्त्रणमा लिइने उनले स्पष्ट पारेका छन् । नदी खोला, वन क्षेत्र, खेतीयोग्य जमिन, विपद् जोखिम क्षेत्र, वस्तीमा वातावरणीय विनास नहुने गरी मात्र उत्खनन कार्य व्यवस्थापन गर्ने, स्थानीय तहहरुले नदीजन्य वस्तुको उत्खनन समय विहान ८ बजे देखि वेलुका ६ बजेसम्म तोक्ने, समयको पालना नभएका क्षेत्रमा अनुगमन गरी रोक लगाउने, उत्खननबाट प्राप्‍त राजश्व गुम्न नदिन वास्तविक कारोवार मुल्यमा विल विजक जारी हुने अवस्था सुनिश्चित गर्न कारोवार विना विलविजक जारी गर्न रोक लगाउने निर्णय गरिएको छ ।

यस्तै नदीजन्य, खानीजन्य पदार्थको उत्खनन र संकलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेर मात्र गर्न, तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र संकलन हुन नदिन स्वीकृत दिइएको क्षेत्रमा सम्बन्धित गाउँ/नगरपालिकाले अनुगमन गर्ने र उत्खनन तथा संकलनको अभिलेख राख्न पनि भनिएको छ ।

Health Tips Ad Road Block