काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट रमानाथ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको निवर्तमान अध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, उज्ज्वल जंग शाह र राजेन्द्र शेरचन निर्वाचित भएका छन् । महासचिवमा प्रेमहरि मैनाली, सचिवमा सागर शाक्य, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सहकोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको कार्यसमिति सदस्यमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी (क), दीपक भण्डारी (ख), भुवन श्रेष्ठ, चन्द्र बहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।
यसैबीच संघको पहिलो कार्यसमिति बैठकबाट ५ जना सदस्य मनोनीत गरिएका छन् । राजेन्द्र संग्रौला, मिना गोपाली, गणपतिलाल श्रेष्ठ, कुशन प्रधान र लक्ष्मी खनाल मनोनीत भएका हुन् ।
बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । सो अवसरमा मन्त्री श्रेष्ठले दोहोरो तेहेरो कर हटाउने र व्यवसायमैत्री वातावरण बनाउन पहलकदमी लिने बताइन् ।




















