ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

वर्ल्डलिंकद्धारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण एवं विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा संचालन

Citizenlife ad 2082 falgun to baishak 2083

कालिकोट । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउापालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदएको छ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले सामाजिक उक्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली र डीप फ्रिज जडान गरेको हो ।

नानीकोट स्वास्थ्यचौकीमा विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो । स्वास्थ्यचौकीमा देखिएको समस्याको समाधानको दीर्घकालीन समाधानका रूपमा वर्ल्डलिंकले ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित डीप–फ्रिज जडान गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो । यसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वर्ल्डलिंकले देशका विभिन्न स्थानमा समुदायमुखी सामाजिक उक्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताइन् । उनले प्रविधि र पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको जानकारी दिइन् ।

यसैबीच वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको श्री पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ । लोकोपकार संस्थासंगको सहकार्यमा वर्ल्डलिंकले २५ जना विद्यार्थीमा सो कार्यक्रम संचालन गरेको थियो ।

निर्देशक जालानले विद्यालयमा पुगेर कक्षाको स्थलगत अवलोकन गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिएका थिए । उक्त अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । भर्जुअल माध्यमबाट विद्यार्थीको आत्मविश्वास बढाउन सो कार्यक्रम प्रभावकारी हुने जालानले बताए । वर्ल्डलिंकको यस पहलले ग्रामीण स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Health Tips Ad Road Block