ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आक्र्स ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन एवं डिजेल बस बिक्री गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सबारी साधन एवं डिजेल लक्जरी बस आक्र्स ग्रुपमार्फत आयातित गोल्डेन ड्रागनका सबारी साधनहरु ग्रिन अटोमोबाइलले देशभर डिस्ट्रिब्युसन गर्ने भएको छ । ग्रिन अटोमोबाइलले विद्युतीय कमर्सियल सवारीसाधनमार्फत मोबिलिटी सोलुसन दिन अग्रसर भएको हो । नवीन प्रविधिमा आधारित र वातावरणमैत्री, विद्युतीय सवारीमार्फत नेपालको यातायात क्षेत्रमा नयाँ आयाम ल्याउने एवं उपोभोक्ताहरु सहजीकरण गर्ने लक्ष्य रहेको छ । नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न ग्रिन अटोमोबाइलले निरन्तर प्रभाबकारी रुपमा अगाडि बढ्ने प्रतिबद्ता जनाएको छ । आगामी दिनमा पनि गुणस्तरीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा विस्तारमार्फत ग्रिन अटोमोबाइलले आफूलाई थप प्रमाणित गर्दै जाने वचनबद्दता व्यक्त गरेको छ । कम्पनीले भनेको छ, ‘आक्र्स ग्रुपसँगको सहकार्यमा गोल्डेन ड्रागन ब्रान्डका विद्युतीय गाडीमार्फत हाम्रो उदेश्य पूरा हुने विश्वास लिएका छौं । ग्रिन अटोमोबाइलले पछिल्ला वर्षहरुमा आर्जन गरेको विश्वसनियता र अनुभवले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधनका बजार विस्तारमा ठूलो फड्को मार्ने विश्वास कम्पनीको छ।

हाल गोल्डेन ड्रागनको १४ सिट क्षमताको विद्युतीय सवारी साधन बिक्री हुँदै आएको छ । अब कम्पनीले छिट्टै १२, १६ र १९ सिट क्षमताका विद्युतीय माइक्रोबस, मिनिबस तथा २९,३३,३६,४१ सिट क्षमताका लक्जरी बसहरु बजारमा ल्याउने छ । यसका लागि आयात प्रक्रिया सुरु गरिसकेको छ । त्यस्तै कम्पनीले सवारीसँगै पर्याप्त स्पेयर पार्टस र विभिन्न सहरहरु तथा रुटहरुमा सर्भिस सेन्टर खोल्ने काम सुरुवात गरेको बताएको छ ।

गोल्डेन ड्रागनका १४ सिट क्षमताको विद्युतीय माइक्रोबसमा ५३ किलोवाट आवरको सीएटीएलको ब्याट्री, ८० किलोवाट पिक र ५० किलोवाट रेटेड पावरको विद्युतीय मोटर, एबीएस तथा ईबीडीलगायत विशेषता रहेका छन् । यो माइक्रोबसले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर (एनईडीसी) रेन्ज दिने कम्पनीले जनाएको छ ।

हाइरुफ माइक्रोबसको लम्बाइ ५३ सय ३० एमएम, चौडाइ १७ सय एमएम र उचाइ २२ सय ६६ एमएम रहेको छ । चीनमा स्थापिक बस ब्रान्ड गोल्डेन ड्रागनको मुल कम्पनी सियामिन गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडका रुपमा रहेको छ । संयुक्त उपक्रम कम्पनीका रुपमा १९९२ मा स्थापना भएको यो कम्पनीले ५ मिटरदेखि १८ मिटरसम्म लामा विलासी बसहरु तथा लाइट कमर्सियल बसको विकास, उत्पादन र बिक्री गर्दै आएको छ ।

गोल्डेन ड्रागनद्वारा उत्पादित सवारीसाधनहरू चिनियाँ बजारमा पनि अग्रपंक्तिमा रहेका छन् । साथै विश्वका करिब १२० भन्दा बढी देशहरूमा बिक्री तथा वितरण हुँदै आइरहेका छन् ।

Health Tips Ad Road Block