ncell banner ad mangsir 19, 2082

skip this News Page Tips Ad Road Block

रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढ्यो, भदौमा १ खर्ब ७४ अर्ब भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह रु. १ खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९०,१९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५,८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६,४८५ र ४०,५८३ रहेको थियो ।

यस्तो छ अर्थतन्त्रका प्रमुख झलकः

Health Tips Ad Road Block