ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपालमै क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्नेसहित मन्त्री पुनले गरे ५ निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमै क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्न आवश्यक कार्य थाल्नेबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले नयाँ निर्णय लिएका छन् । आफूले गरेको निर्णयबारे सामाजिक सञ्जालमा जानकारी दिँदै उनले विभिन्न पाँच विषयमा छलफल तथा निर्णय लिएको जानकारी दिएका छन् ।

मन्त्री पुनले दिएको ५ निर्णयबारेको जानकारी यस्तो छ ।

१। नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरुको उत्पादन नेपालमै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने ।

२. सिटिइभिटीको पुर्नसंरचना गरेर त्यहाँबाट सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने।

३. नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरुलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदत तुरुन्त बनाउने ।

४. त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।

५. संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरुको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ति गर्ने ।

Health Tips Ad Road Block