ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपीमा कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यवसायिक संघ संस्थाहरुका पदाधिकारीहरुको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरले मन्त्री मण्डारीसमक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतीको आधारमा मात्रै एमआरपीलाई कार्यन्वयनमा लैजानुपर्ने बताएको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई बञ्चित हुन नदिन तथा बजार र मालवस्तुका बारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरु अगाडि बढाईनुपर्ने अहिलेको आवश्यकता देखिएको छ ।’

व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको कृयाकलापले व्यवसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालले बताए । चेम्बर पदाधिकारीसँगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरुसँगको समन्वयमा अविलम्व थप छलफल गरी मात्रै एमआरपी कार्यन्वयन प्रक्रियालाई आवश्यकताा अनुसार अघी बढाईने भनाइ राखे ।

मन्त्रालयमा आज भएको छलफलमा खुद्रा बिक्री मूल्य एमआरपीका सम्बन्धमा हाल देखिएका अन्यौलताबारे सबै सरोकारवालाबीचको आपसी छलफलबाट अविलम्व टुङग्याउनु पर्ने विषयमा सहमति भएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र अन्य अधिकारीको सहभागिता रहेको थियो ।

Health Tips Ad Road Block