काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर( प्राप्ताङक७७.१९४) प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
कार्यकारी निर्देशकका लागि सुवेदीसँगै अन्य दुई निर्देशकहरु कमलराज रेग्मी र पुजन ढुंगेल(अधिकारी) पनि प्रतिस्पर्धामा थिए ।
राजु रमण पौडेलकाे अवकाशपछि प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त थियो ।
यसैगरी प्राधिकरणमा अहिले अध्यक्ष नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ।






















