ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सन नेपाल लाइफद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई सहयोग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । उक्त सहयोग फउण्डेसनमा अध्ययनरत विधार्थीहरुको शिक्षातर्फ खर्च हुने बताइएको छ ।

एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका हुन् । सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोगी हात अगाडि बढाइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Health Tips Ad Road Block