skip this News Page Tips Ad Road Block

बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सम्मिलित छाता संस्था बैंकर्स संघको अध्यक्षमा सन्तोष कोईराला निर्बिरोध चयन भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोईराला संघमा निर्विरोध भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपनि अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै कोइराला संघको अध्यक्षमा निर्विरोध भएका हुन् ।

संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको र उनी पनि निर्विरोध उपाध्यक्ष चयन भएका छन् ।

संघमा तीनजना सदस्यको पद खाली रहेकोमा त्यसमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेयको उम्मेदवारी परेको र उनीहरू पनि सर्वसम्मत रूपमा सदस्य चयन भएका छन् ।

संघको पुस ३ गते ३८ औँ साधारण सभा हुँदैछ ।

Health Tips Ad Road Block