skip this News Page Tips Ad Road Block

ब्लड प्रेसर हाइ छ, शरीरलाई सन्तुलनमा राख्न जान्नुहोस् यी कुरा !

काठमाडौं । अहिले खानपानमा भएको असन्तुलनका कारण धेरै मानिसलाई ब्लड प्रेसरले निकै सताउने गरेको पाइन्छ । धेरैजसोले नियमित औषधि पनि सेवन गरिरहेका हुन्छन् । चिकित्सकहरुका अनुसार बुझ्ने भाषमा मुटुको तल्लो भागमा संकुचन भएर प्रत्येक धड्कनसँग धेरै दबाब उत्पन्न भइ ब्लड प्रेसर हुने गर्दछ ।
एक स्वस्थ युवकको ब्लड प्रेसर १२०–८० मि.मी मरकरी हुने गर्दछ । यहाँ १५० भन्दा माथिको ब्ल्डप्रेसरलाई हाइ ब्लड प्रेसर मानिन्छ । ब्लड प्रेसरका कारण मानिसहरुको अकालमा मृत्यु भएको पनि बेला–बेला खबर आउने गरेको छ । यसरी ब्लड प्रेसर हुनबाट बच्नको लागि हामी औषधि उपचारमा बढी व्यस्त हुने गरेका छौं । तर वास्तवमा ब्लड प्रेसरबाट बच्नको लागि कुनै अस्पताल पुग्नुपर्दैन । आफ्नो उपचार आफैं गर्न सकिनेछ ।

ब्लड प्रेसर हाइ हुनुका लक्षणहरुः–

–टाउको भारी हुनु, दुवै भागको टाउको दुख्नु ।
–चक्कर आउन लागेको जस्तो थकाइको महसुस हुनु, शारिरिक कसरत गर्न मन नलाग्नु ।
–निद्र्रा नलाग्नु, आँखामा रगतको मात्रा देखिनु ।
–डर लागेजस्तो हुनु, अनुहारमा नरमाइलो लाग्नु, टाउकोको नशा फर्फराउनु ।
–मुटु दुखिरहनु, हातखुट्टाका नसा झमझमाउनु ।
–महिला÷युवतीको नाक तथा योनिबाट रगत आउनु ।
–सास लिनलाई गाह्रो हुनु ।

ब्लड प्रेसर हाइ हुनुका कारणहरुः–

–मानसिक आधात, मनमा धेरै चिन्ता, शोक र क्रोध आदि बढ्नु ।
–रगतमा कोलस्ट्रोलको मात्रा बढ्नु ।
–धुम्रपान, मध्यपान बढी प्रयोग ।
–धेरै मोटो हुनु ।
–धेरै खाना खानु, मानसिक चिन्ताको तुलनामा शारिरिक कसरत नगर्नु ।
–धेरै नुनको मात्रा प्रयोग हुनु ।

ब्लड प्रेसर हाइ हुँदा खाने खानेकुरा

–सादा खानाको प्रयोग गर्ने ।
–फलफूलमा स्याउ, मेवा,अमला, बेल, खरबुजा, सुन्तला, केरा खानु ।
–आलु, पुदिना, लौका, ताजा हरियो सागपात, फर्सी, बन्दागोभी, काँचो दुध, दही, पनिर लगायत खाने ।
–दैनिकरुपमा लसुनको तीन÷चार केस्रा छोडाएर चपाउने र मनतातो पानीसँग निल्ने ।
–युवाअवस्थामा नै ब्लड प्रेसर भएमा सोयाबिनलाई राति भिजाउने, बोक्रा निकालेको गहुँ र भटमासको पिठोको रोटी बनाएर खाने ।
–गहुँ, चनाको पिठो बराबरी मिसाएर बनाएको रोटी धेरैमात्रामा खाने ।

ब्लड प्रेसर हाइ हुँदा नखाने खानेकुरा

–धेरै पिरो र मसलाको मात्रा धेरै भएको खाना नखाने ।
–बासी र चिसो खाना नखाने ।
–माछामासु, अण्डा नखाने, खाएपनि धेरै कम मात्रामा मात्र खाने ।
–रक्सी, चिया, कफि, खैनी, सूर्ती, गुड्खा, पानपराग लगायत नसालाग्ने चिज नखाने ।
–बढीमात्रामा चिल्लो भएको दुध र नौनी नखाने ।
–सकेसम्म नुन नखाने ।

ब्लड प्रेसर हाइलाई निको पार्ने उपाय

–धेरै नमोटाउनको लागि बिहान मर्निङ वाक गरी ४÷५ किलोमिटर हिँड्ने ।
–नियमित व्यापाम गर्ने ।
–समय समयमा विश्राम तथा मनोरञ्जन गर्ने ।
–तनाव कम गर्ने उपाय अबलम्बन गर्ने, मनलाई शान्त पार्ने उपायतर्फ आफूलाई केन्द्रीत गर्न, संधै हाँसीखुसी रहने ।
–कब्जियन हुन नदिने ।
–नियमितरुपमा शरिर मालिस गर्ने ।
–मनतातो पानीले नुहाएर तौलियाले आफ्नो शरिर ५ मिनेटसम्म माडिरहने ।

(हामीले यो सामाग्री हाम्रो घरको डाक्टर भन्ने पुस्तकबाट लिएका हौं । पुस्तकमा धेरै रोगको घरेलु जडिबुटीबाट उपचार गर्ने बिधिबारे उल्लेख गरिएको छ ।)

Health Tips Ad Road Block